विकेट एकदमै स्टिकी थियो, त्यसैले पाण्डेलाई पावर प्लेमै ल्याउनुपर्‍यो : दीपेन्द्रसिंह ऐरी

विकेट एकदमै स्टिकी थियो, त्यसैले पाण्डेलाई पावर प्लेमै ल्याउनुपर्‍यो : दीपेन्द्रसिंह ऐरी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट एकदमै स्टिकी भएकाले बलरहरुका लागि सहज भएको बताएका छन्।

जनकपुर बोल्ट्समाथि ७२ रनको जित हात पारेपछि भएको पोस्टम्याच सेरेमोनीमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘विकेट स्टीकी भएकाले बलरहरूले राम्रो काम गरे। हाम्रो ब्याटरहरूले सोचेजस्तो राम्रो गर्न सकेनन्। उनीहरूको पनि स्पिनर राम्रो थियो। त्यसैले एक सय २३ रन मात्र बनाउन सकियो।’

विकेटमा बल टर्न भइरहेकाले एक सय २३ रन डिफेन्ड गर्नसक्छौंजस्तो लागेकाले टिमलाई त्यसरी नै मोटिभेट गरेको समेत उनले बताए।

‘हामीलाई बोर्डमा रन थोरै भएको थाहा थियो,’ उनले थपे, ‘विकेट एकदमै स्लो भएकाले हामीले डिफेन्ड गर्छौँ जस्तो लागेको थियो। त्यसरी नै खेलाडीलाई मोटिभेट गरिएको थियो।’

विकेटले स्पिन मागेकाले अलराउन्डर इसान पाण्डेलाई पावर प्लेमै ल्याउन परेका उनको भनाइ थियो। प्लेयर अफ द म्याच समेत भएका पाण्डेले ब्याटबाट १७ रन र बलिङतर्फ दुई विकेट लिएका थिए।

मंसिर २६, २०८१ बुधबार १२:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।