दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

एजेन्सी : दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक-योलको कार्यालय र त्यसलाई सुरक्षा दिने प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ। दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको छ।

सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ। यो प्रहरी कारबाहीलाई राष्ट्रपति युन सुक-योलले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ।

योनहापको रिपोर्टका अनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा, दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले देशमा मार्शल ल लागू गरेका थिए।

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

मंसिर २६, २०८१ बुधबार १०:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।