एनपीएलमा जनकपुरले टस जित्यो

एनपीएलमा जनकपुरले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ।

टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरका कप्तान अनिल कुमार शाहले बलिङ रोजेका हुन्।

यस खेलमा पनि जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ। जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो।

चार खेल खेल्दै तीन जित र एक हारका साथ सुदूरपश्चिम दोस्रो स्थानमा छ। यस खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँनुको साथै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा सुदूरपश्चिम रहेको छ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो। पछिल्लो खेलमा भने चितवन राइनोजसँग हार बेहोरेको थियो।

आइतबार चितवन राइनोजसँग खेलेको टिममा सुदूरपश्चिमले १ परिवर्तन गरेको छ। सुदूरपश्चिमका विदेशी खेलाडी दिलप्रित बाज्वाको स्थानमा हरमीत सिंहले मौका पाएका छन्।

मंसिर २६, २०८१ बुधबार ०९:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।