वर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

वर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

काठमाडौं : वर्षा बस्नेत टीभीएस मोटोसोल २०२४को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन्।

टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो। विगत ३ संस्करणदेखि चौथो संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिन विचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ।

‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग’ भन्ने नारासहित आयोजित महोत्सवको यो चौथो संस्करण हो। महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असिमित उत्साहले भरिदिएको आयोजकहरुले जानकारी दिएको छ।

महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ।

विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्र्दै गइरहेको छ।

वर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्शामा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ।

टिभिएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्।

मंसिर २६, २०८१ बुधबार ०७:५४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।