कांग्रेस नेता कटवालले सुनसरीका १२५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे

कांग्रेस नेता कटवालले सुनसरीका १२५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे

काठमाडौं : नेपाली कांग्रेसका सुनसरी क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि भीम कटवालले सुनसरीका १२५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। 

उनले बराहक्षेत्र नगरपालिका वडा नम्बर-८ मा रहेको सुनसरी रामधुनी आधारभूत विद्यालय र त्यहींको अर्को सुनसरी आधारभूत विद्यालयमा अध्ययनरत १२५ थान विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरेका हुन्। 

आज एक कार्यक्रम गरी एक कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको सुनसरी रामधुनी आधारभूत विद्यालयकी प्रधानाध्यापक नैनाकला अधिकारीले बताइन्। 

उराँव समुदायका बाहुल्यता भएको त्यस विद्यालयका विद्यार्थीलाई कपडा वितरणपछि उनले कटवाललाई धन्यवादसमेत दिइन्।  

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका कटवालले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए। 

'भविष्यमा राजनीतिक गतिविधिसँगै समाजको हितमा विभिन्न समाजको वृद्धि विकास  र सामाजिक सेवाका कामलाई निरन्तरता दिनेछु, उनले भने। 

यसअघि उनले बराहक्षेत्र ८, ९, १०, ११ नम्बर वडा, रामधुनी नगरपालिका ४ वडा, कोशी गाउँपालिका ६ वडा कम्बल, टोपी, खाधान्नलगायतका वितरण गरेका थिए। 

मंसिर २५, २०८१ मंगलबार २१:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।