‘चौथो नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरशिप फेलोसिप’ कार्यक्रम सुरू
काठमाडौं : नबिल बैँकले ‘चौथो नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरशिप फेलोसिप’ कार्यक्रम सुरू गरेको छ। सोमबार नव उद्यमको सोच भएका २० युवालाई सहभागी गराई कार्यक्रम उद्घाटन गरेको हो।
उक्त कार्यक्रमको लागि नबिल बैँकले गत साउनमा आवेदन खुल्ला गरेको थियो। जसमा कृषि, उर्जा, पर्यटन, सूचना प्रविधि, वातावरण संरक्षणको क्षेत्रमा नविनतम सोच भएका र उद्यम गर्न चाहने सीप तथा तालिमको खोजीमा रहेका युवालाई निःशुल्क हरेक बर्ष निःशुल्क तालिम दिँदै आएको छ।
तेस्रो संस्करणसम्ममा नबिल बैँकको फेलोसिप ५६ जनाले उक्त तालिम लिएकोमा ४५ जना तालिम लिएका युवाहरूले आफ्नो क्षेत्र विस्तार गरिरहेका छन् भने १२ सय जनाले प्रत्यक्ष रोजगारी पाएको बैँकले जनाएको छ।
कार्यक्रममा नबिल बैँकका डेपुटी सीइओ मनोज ज्ञवालीले बैँकले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत सञ्चालन भएको नबिल स्कुल अफ सोसिएल इन्टरपे्रनरसिप फेलोसिप गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनले भने, ‘बैँकहरुको विभिन्न कार्यक्रममा सामाजिक उत्तर दायित्व अन्तर्गत नबिल बैँकले के गर्याे भन्दा एसएसई फेलोशिप गर्न पाएको र प्रत्यक्ष युवाको तथा समाजको आर्थिक उन्नतिमा नबिल बैँकले सहयोग गरिरहेको छ भन्न सक्ने आधार विकास गरेका छौँ।’
नबिल बैँकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागसँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम ६ महिनासम्म चल्छ। चौथो फेलोसिपमा ११ जना महिला र ९ जना पुरुष सहभागी छन्।
कार्यक्रममा नबिल बैँकका निर्देशक निर्वाण चौधरी, नबिल बैँकका चियरम्यान उपेन्द्र पौड्यालको उपस्थिति थियो।
मंसिर २५, २०८१ मंगलबार १७:५५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।