अमेरिकी सहायक विदेश मन्त्रीको शङ्कापछि सरकारले सार्वजनिक गर्यो बीआरआई सहकार्य फ्रेमवर्क
काठमाडौँ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल–चीनबिच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पारदर्शिताबारे प्रश्न उठाए लगत्तै सरकारले पूर्णपाठ सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको बेलामा बेइजिङमा भएको सहकार्यको फ्रेमवर्क परराष्ट्र मन्त्रालयले मङ्गलवार अपराह्न आफ्नो वेबसाइटमा राखेको हो।
नेपाल भ्रमणमा आएका लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्ताबेज आफूले पढ्न नपाएको भन्दै त्यसको पारदर्शीमा आशङ्का व्यक्त गरेका थिए। यो ऋणमा आधारित हो या अनुदानमा आधारित हो भन्ने विषयमा चिन भ्रमणमा रहेकाहरूबाटै फरक फरक धारणा आएको थियो।
मंसिर २५, २०८१ मंगलबार १६:४२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।