नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा कमी

नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा कमी

काठमाडौं : मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ।

कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

त्यसैगरी, सानिमा माइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ।

१३ उप-समूहमध्ये यस दिन ४ उप-समूहको परिसूचक बढेको छ भने ९ उप-समूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उप-समूहको परिसूचक सामान्य अंक बढेको छ। 

यस दिन जीवन बीमा उप-समूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ। अन्य उप-समूहमध्येको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

मंसिर २५, २०८१ मंगलबार १५:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।