स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा पहिलो पटक नेपाली, राजा वीरेन्द्रका ज्वाइँ गोरख भए सिइओ

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा पहिलो पटक नेपाली, राजा वीरेन्द्रका ज्वाइँ गोरख भए सिइओ

काठमाडौँ : स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पहिलो पटक नेपाली नागरिक गोरखा राणा नियुक्त भएका छन्। मंसिर २४ मा बसेको बैंकको बोर्ड बैठकले पहिलो पटक बैंकको नेतृत्व नेपाली नागरिकलाई दिएको हो।

नेपालमा १९८७ देखि नै रहेको बैङ्कमा गोरखा सन् १९९४ रिटेल र प्राइभेट बैङ्किङ विभागबाट बैङ्किङ करियर सुरु गरेका थिए। उनी सन् २०२२ जनवरी १ मा बैंकको डेपुटी सिइओ भएका थिए। वर्तमान सिइओ अनिर्वाण घोष दस्तीदारको कार्यकाल २०२५ जनवरीमा सकिँदै छर त्यसपछि राणाले बैंकको नेतृत्व सम्हाल्ने छन्।

नेपालमा रहेको बैङ्कमा स्ट्यान्डर्ड चार्टर्ड समूहको दुईतिहाई बढी सेयर छ। यसमा २९.७९% सेयर नेपाली सर्वसाधारणको छ। गोरखा नेपालको राजपरिवारका सदस्य हुन्। उनी राजा वीरेन्द्र शाहको ज्वाइँ हुन्। उनको श्रीमती श्रृतीको दरबार हत्याकाण्डमा मृत्यु भएको थियो।

मंसिर २५, २०८१ मंगलबार १५:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।