स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा भगवानदेखि गगन थापाका सल्लाहकारसम्म
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेको करिब पाँच महिनापछि प्रदीप पौडेलले भगवान् कोइरालासहित पाँच सदस्यीय अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका छन्। उनले मङ्गलवार मन्त्रिस्तरिय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन्।
सल्लाहकार समितिमा रहेका डा कोइराला मेडिकल काउन्सिलका पूर्व अध्यक्ष हुन्। समिति सदस्यहरूमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्व उपाध्यक्ष रघु काफ्ले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी छन्।
मंसिर २५, २०८१ मंगलबार १५:१०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।