बोसिस्टो चम्किँदा पोखरा एक सय ३ रनमा अलआउट, एनपीएलकै सबैभन्दा कम स्कोर

बोसिस्टो चम्किँदा पोखरा एक सय ३ रनमा अलआउट, एनपीएलकै सबैभन्दा कम स्कोर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सका बलर विलियम बोसिस्टो चम्कँदा पोखरा एभेन्जर्स एक सय ३ रनमा अलआउट भएको छ।

यो नेपाल प्रिमियर लिगको सबैभन्दा कम स्कोर समेत हो। यसअघि लिगको दोस्रो काठमाडौं गुर्खाजले चितवन राइनोजलाई एक सय ११ रनको लक्ष्य दिएको थियो।

अष्ट्रेलियन अलराउन्डर बोसिस्टोले छ विकेट लिएपछि कर्णालीले १६.३ ओभरमा पोखरालाई अलआउट गरेको हो।  योसँगै कर्णालीले एक सय ४ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको पोखराका लागि दिनेश खरेल २६, एन्डेस गौस २५, रेमन रिफर २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०-१० रन जोडे।

कर्णालीका लागि चार ओभर बलिङ गरेका बोसिस्टोले छ विकेट लिएर २८ रन खर्चिए। जारी खेलमा उनले सात रनको इकोनोमी छ।

त्यसका अलावा सोमपाल कामी, विपिन खत्री र युनिस ठकुरीले समान एक–एक विकेट लिए।

कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मंसिर २५, २०८१ मंगलबार १४:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।