रोहित र सादको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो एक सय ६८ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन जोडे।
उसका लागि कप्तान रोहित कुमार पौडेल र साद बिन जफरले क्रमशः ८० र ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाउँदा टम मोर्सले १० रन जोडे।
लुम्बिनीका लागि ओपनर आशुतोष गिराहिया १ रनमा आउट हुँदा तेस्रो नम्बरमा आएका उन्मुक्त चन्द समेत डक भए। सन्दीप जोराले अन्तिममा चार रनको अविजित पारी खेले।
चिवतनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले एक–एक विकेट लिए।
चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी प्रतियोगितामा लुम्बिनीले एउटा पनि खेल जित्न सकेको छैन भने चितवन चार खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ।
मंसिर २५, २०८१ मंगलबार १०:४२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।