ट्रायम्फ नेपालले सम्पन्न गयो ‘लिगेसी राइड : बन्दीपुर एडिसन’
काठमाडौं : ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल र्याली ‘ट्राइम्फ लिगेसी राइड : बन्दीपुर एडिसन’ मंसिर २२ र २३ गते आयोजना गरेको छ।
ट्रायम्फ मोटरसाइकलका आधिकारिक वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयोजना गरेको र्यालीमा २२ ट्रायम्फ मोटरसाइकलमा २९ जना राइडर सवार थिए।
शनिबार बिहान राइडरहरू नक्साल स्थित ट्राइम्फ शोरुमबाट पुष्पलाल राजमार्ग र पृथ्वी राजमार्गको मनोरम दृश्य र सुन्दर घुमाउरो सडकतर्फ प्रस्थान गरेका थिए।
सुन्दर जङ्गल, झरना, नदीहरू को मनोरम दृश्य पार गर्दै राइडरहरू साँझ बन्दीपुर पुगेका थिए। गुरुङ समुदायको रमाइलो सांस्कृतिक चुड्का नाचको साथ दिनको समापन भयो, जहाँ राइडरहरूले चुड्कामा नाच्दै र गाउँदै राइडको सफलताको उत्सव मनाएका थिए।
दोस्रो दिन राइडरहरुले सांस्कृतिक रुपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरेका थिए जसले स्थानीय व्यापार प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मद्दत गरेको थियो भने यस राइडले दुई पाङ्गे पर्यटन प्रवर्द्धन गर्न पनि मद्दत गरेको थियो।
ट्राइम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात पनि हो।’
नेपालमा ट्राइम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दुई पाङ्गे पर्यटन प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आगामी दिनहरूमा पनि थप यस्तै राइडहरू सञ्चालन गर्ने घोषणा गरेको छ।
मंसिर २५, २०८१ मंगलबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।