स्वास्थ्य मन्त्रालयले शुरू गर्‍यो हेल्लो स्वास्थ्य, गुनासो पठाए सम्बोधन गर्ने दाबी

स्वास्थ्य मन्त्रालयले शुरू गर्‍यो हेल्लो स्वास्थ्य, गुनासो पठाए सम्बोधन गर्ने दाबी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य शुरू गरेको छ।

जसका लागि नि:शुल्क कल सेन्टर १११५ मा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर आफ्नो गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिन सक्नेछन्।

यसैगरी, ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स र इमेलमा वा हुलाक मार्फत मन्त्रालयमा गुनासो पठाउन सकिने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउने हाम्रो प्रयासमा तपाईंबाट रचनात्मक प्रतिक्रिया अपेक्षा गरेका गरेको मन्त्रालयको भनाइ छ।

मंसिर २५, २०८१ मंगलबार ०९:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।