भारतमा अनियन्त्रित बसले सवारीलाई समेत किच्दा चार जनाको मृत्यु, २५ जना घाइते

भारतमा अनियन्त्रित बसले सवारीलाई समेत किच्दा चार जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी : भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

तीव्र गतिमा रहेकाे बसले अन्य केही सवारीलाई समेत किचेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ती प्रहरी अधिकारीले भने, ‘घाइते २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको ठाउँबाट बस हटाइसकिएको छ। बसलाई आरटीओले निरीक्षण गर्नेछ।’

घटनापछि बस चालकलाई नियन्त्रणमा लिएर मुद्दा दर्ताको प्रक्रिया समेत अघि बढाइएको प्रहरीले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार यो बस कुर्लाबाट अंधेरीतर्फ गइरहेको थियो।

मंसिर २५, २०८१ मंगलबार ०७:४७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।