एमाले पार्टी छाड्ने प्रवृत्ति बढेको उपाध्यक्ष ज्ञवालीले स्वीकारे

एमाले पार्टी छाड्ने प्रवृत्ति बढेको उपाध्यक्ष ज्ञवालीले स्वीकारे

झापा : एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको बताएका छन्। 

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आज आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको बताए।

उनले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिए। 

मंसिर २४, २०८१ सोमबार १९:२१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।