एपेक्सको दीक्षान्त समारोह, छात्रवृत्ति यादव प्रसाद पाण्डेलाई
काठमाडौँ : एपेक्स कलेजले सन् २०२४ का विद्यार्थीहरूका लागि विशेष दीक्षान्त समारोहको आयोजना गरेको छ। सन् २०२४ मा कलेजबाट कूल २ सय ५८ विद्यार्थीहरू दीक्षित भए। समारोहमा १ सय ५० स्नातक तह उत्तीर्ण र १ सय ८ स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरू छन्।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कलेजले जानकारी दिएको छ। यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्ने कलेजले जानकारी दिएको छ।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए- बैङ्किङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको कलेजले जानकारी दिएको छ। उनी एपेक्स कलेजका १ सय ५० विद्यार्थीहरूमध्येबाट छानिएका हुन्। उनले एपेक्स कलेजमै एमबिए अध्ययनलाई निरन्तरता दिने छन्।
मंसिर २४, २०८१ सोमबार १६:५९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।