दक्षिण कोरियामा ‘मार्शल ल’ लगाएका राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध, रक्षामन्त्री पक्राउ

दक्षिण कोरियामा ‘मार्शल ल’ लगाएका राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध, रक्षामन्त्री पक्राउ

एजेन्सी : दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो।

संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ-अपले भने, 'हो, यो सही हो।'

'उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो, युनले घोषणाका क्रममा भनेका थिए।  

उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टापछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए।

राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन-सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, गलत प्रचार, हडताल र सामाजिक अशान्ति भड्काउने जमघटमाथि प्रतिबन्ध लगाइएको थियो। 

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थिए भने उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। 

अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफत गरेको छ।

विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै येओलले मंगलबार राति मार्शल ल (सैन्य शासन) लागू गरेका थिए। शनिबार संसदमा येओलविरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ-ह्यून समातिए।

घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ। 

मंसिर २४, २०८१ सोमबार १५:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।