हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’, आकर्षक छुट तथा विभिन्न लाभहरूको उत्सव
काठमाडौं : नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि ‘डिसेम्बर डिलाइट’ अफर ल्याएको छ।
डिसेम्बर १५ सम्म चल्ने यो अफरमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन्।
‘डिसेम्बर डिलाइट’ अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, यस अभियानमा ‘जिरो कस्ट अनरसिप प्लान’ रहेको छ, जसमा ग्राहकहरूले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्।
साथै तीन वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्री तथा विभिन्न वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।
हुन्डाई नेपालले ग्राहकको अनुभवलाई सधैँ झैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अफरको आयोजना गरेको हो। तसर्थ, देशभरका सो-रुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरूलाई अनुरोध र प्रोत्साहित गर्दछ।
यहि शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुँदैछ।
मंसिर २४, २०८१ सोमबार १३:३२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।