सुनसरीबाट ६४ किलो गाँजा बरामद

सुनसरीबाट ६४ किलो गाँजा बरामद

काठमाडौं : सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरी मातहत बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो।

गाँजा ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए।

यसअघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका-६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो।

यसैगरी मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका-७ स्थित सीमा ईलाकाबाट भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको करीब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाइड्रो क्लोराइट क्याप्सुल बोर्डर आउट पोष्ट घुस्की सुनसरीले बरामद गरेको थियो।

साथै सोही गाउँपालिका-५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोष्ट बसन्तपुरले करीव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधी बरामद गरेको थियो।

मंसिर २४, २०८१ सोमबार १३:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।