रवि लामिछानेलाई पर्सा लगिँदै

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिँदैछ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ।
लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो।
मंसिर २४, २०८१ सोमबार १२:४०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।