माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, प्रहरीको उल्लेख्य सहभागिता

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, प्रहरीको उल्लेख्य सहभागिता

काठमाडौं : सोमबार  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ।

यसै अवसरमा आज(सोमबार) काठमाडौंको माइतीघरमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ।

प्रदर्शनमा प्रहरी पनि सहभागी थिए। अन्यको भन्दा प्रहरीको संख्या बढी थियो।

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा ‘भ्रष्टाचारविरुद्ध एकजुट होऊँ’, ‘भ्रष्टाचार एउटा घातक रोग हो, जसलाई उपचार गर्नु नितान्त जरुरी छ’, ‘भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफैँ सक्रिय हुनुपर्छ’ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो।

मंसिर २४, २०८१ सोमबार ११:५६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।