फाइनान्समार्फत बजाजका मोटरसाइकल किन्न अब नागरिकता भए पुग्ने

फाइनान्समार्फत बजाजका मोटरसाइकल किन्न अब नागरिकता भए पुग्ने

काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले बजाजका मोटरसाइकल नागरिकताको आधारमा सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम ल्याएको छ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस् भन्नका लागि ग्राहकहरूका लागि स्कीम ल्याइएको कम्पनीले जनाएको छ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो।

यी झन्भटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन्।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टा भित्रै लोन पास गरेर ९ दशमलव ९९ प्रतिशत सुलभ ब्याजदरमै फाइनान्समार्फत यो सुविधा पाउन सक्नेछन्।

यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ। 

मंसिर २४, २०८१ सोमबार ०८:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।