गढीमाई मेला स्थलमा पेस्तोल देखाउँदै हिँड्ने इन्दल पक्राउ, दुई वटा पेस्तोल बरामद

गढीमाई मेला स्थलमा पेस्तोल देखाउँदै हिँड्ने इन्दल पक्राउ, दुई वटा पेस्तोल बरामद

सर्लाही : गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहनीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।

 गढीमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो।

प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ। बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढीमाई मेला लागिरहेको छ।

मंसिर २३, २०८१ आइतबार २२:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।