आमा र दुई छोरा एकै कोठामा मृत भेटिए
नुवाकोट: नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई छोरा मृत भेटिएका छन्।
आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, उनको पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
घटनाबारे अनुसन्धान गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको थियो। चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको बताइएको छ।
मंसिर २३, २०८१ आइतबार २१:३५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।