एक लाख २० हजार अमेरिकी डलर पारिश्रमिक लिएर भारत फर्किए शिखर, पशुपति र एभरेस्ट बेसक्याम्पको भ्रमण
काठमाडौँ : नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्समा आबद्ध रहेका भारतीय क्रिकेटर शिखर धवन स्वदेश फर्किए। एनपिएलमा चार खेलका लागि आबद्ध रहेका उनी आइतबार स्वदेश फर्किएका हुन्।
स्वदेश फर्कनु अगाडि आइतबार उनी कर्णाली याक्सका सञ्चालकसहित एभरेस्ट बेस क्याम्प गएका थिए। पशुपति मन्दिरको दर्शनपछि एभरेस्ट बेसक्याम्प गएका उनी त्यहाँ करिब तीन घण्टा बसेका थिए।
बेसक्याम्पको भ्रमणपछि काठमाडौँ फर्किएका उनी आइतबारै भारत गए। एनपिएलमा कर्णाली याक्समा अनुबन्ध भएका उनले प्रतिखेल ३० हजार अमेरिकी डलर लिएको चर्चा भए पनि कतिमा अनुबन्ध भएको हो टिमले खुलाएको छैन।
उनले चार खेले खेलेकोमा कर्णालीले दुई खेल गुमाएको थियो। एनपिएलमा उनले एक अर्ध शतकसहित १ सय ३६ रन बनाएका थिए।
मंसिर २३, २०८१ आइतबार २१:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।