‘बेकामे’ दमक भ्यु टावर उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘विकासको नमुना’
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको विवादित दमक व्यापारिक कम्प्लेक्स(दमक भ्यु टावर) को उद्घाटन गर्दै यो विकासको नमुना भएको दाबी गरे।
एक अर्ब ६३ करोड ५४ लाख खर्चमा सो भ्यु टावर बनेको हो। उनले बेकामे बनेको भ्यु टावरलाई नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रहेको दाबी समेत गरे।
एक सय मिटर अग्लो र १८ तले कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै ओलीले कम्प्लेक्स निर्माणबाट रोजगारी र पर्यटन वृद्धि हुने दाबी समेत गरे।
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उनको दाबी थियो। उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा समेत गरे।
दमकको मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो।
कूल चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए।
मंसिर २३, २०८१ आइतबार १७:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।