प्रधानमन्त्री ओलीसँग सम्बन्ध नबिग्रिएको दाबी गर्दै अर्थमन्त्रीले भने ‘मनको लड्डु घिउसँग खानुहोस्’
काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलेले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध नबिग्रिएको दाबी गरेका छन्। उनले यसलाई गलत प्रचार दाबी गरे।
आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो प्रदर्शनीमा पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको दाबीमा सच्चाइको एउटा सानो अंश पनि नभएको दाबी गरे।
‘मनको लड्डु घिउसँग खानुहोस्। यो भन्दा थप भन्नु पर्ने केही छैन। यस्तो खालको अविश्वसनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन’ उनले भने।
उनले आफूहरू सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै त्यसैलाई पन्छाउने कोसिसमा रहेको बताए। अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशील बनाउने दिशामा सरकार रहेको उनको भनाइ दाबी थियो।
‘हामी सरकारमा आउँदै गर्दा केही बोझहरू थिए। समस्याको चाङ थियो। त्यसलाई पन्छाउँदै जाने काम गरिराखेको छौँ,’ उनले भने ‘क्रमशः विद्यमान चुनौती, समस्याहरूलाई बिस्तारै– बिस्तारै पन्छाउने कोसिस गरिरहेका छौँ।’
हिजो बैङ्कको ब्याजदर बढी भयो भन्ने गुनासो रहेकोमा अहिले सिङ्गल डिजिटमा झार्न सफल भएको, तरलता सहजताको अवस्थामा रहेको र उत्पादकत्व वृद्धि ,रोजगारी सृजनालगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए।
मंसिर २३, २०८१ आइतबार १७:३४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।