दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि
काठमाडौं : दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० सम्म कर्णाली प्रदेशमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए।
यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो।
गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ मा बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो।
मंसिर २३, २०८१ आइतबार ११:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।