लुम्बिनीविरूद्ध जनकपुरले १३७ रनको लक्ष्य दियो
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ।
आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो।
जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए भने लाहिरू मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भएका थिए। शुभकंशाकार २२ रनमा अविजित रहे।
अहिलेसम्म जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ।
बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विनजफर २/२ र सन्दीप जोराले एक विकेट लिएका थिए।
मंसिर २३, २०८१ आइतबार १०:४७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।