मानव तस्करीमा जोडिएका कोशीका पूर्वमन्त्री अधिकारीबारे दरपीठविरूद्धको निवेदनमा आज सुनुवाइ हुँदै
काठमाडौं : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालय विरुद्धको रिट दरपीठ विरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ।
जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ मा विराटनगरबाट पक्राउ परेका थिए। त्यही काण्डमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भएतापनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो।
मंसिर २३, २०८१ आइतबार ०९:०९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।