एक करोड बढी मूल्यका सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

एक करोड बढी मूल्यका सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

काठमाडौं : कैलालीको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन्। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुने गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो। 

भारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम  सुन, १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन्।  

मंसिर २३, २०८१ आइतबार ०८:५५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।