आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस

आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस

काठमाडौं : आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस। डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ।

हरेक वर्ष झै यस वर्षपनि ‘यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिक मासिक धर्मको पालना’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम गरी   महिनावारी दिवस मनाउन लागिएको हो। 

मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौनिक तथा लैङ्गिक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ।

वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घटना भएपनि विश्वभरि लाखौंले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। 

यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाइन थालिएको हो। 

मंसिर २३, २०८१ आइतबार ०८:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।