एनपिएलको पहिलो खेलमा लगातार तीनपटक हारेको लुम्बिनी र अपराजित जनकपुर भिड्ने

एनपिएलको पहिलो खेलमा लगातार तीनपटक हारेको लुम्बिनी र अपराजित जनकपुर भिड्ने

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने छ। 

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुने छ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ। ६ अंक जोडेर जनकपुर अंकतालिकामा दोस्रो स्थानमा छ। सुदूरपश्चिम रोएल्स समान अंक भएपनि जनकपुर नेटरनरेटमा पछि छ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ। एनपिएलमा सहभागी ८ मध्ये अहिलेसम्म जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो।

जारी एनपिएलमा दुवै टिमको चौथो खेल हो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी एनपिएल पुस ६ सम्म चल्नेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता छ।

 

मंसिर २३, २०८१ आइतबार ०८:१५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।