प्रेस युनियनबाट विद्रोह गरेका रमेश विष्टको प्यानल घोषणा, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन पनि मिसिए
काठमाडौं : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार रमेश विष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन्।
विष्ट नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी छ।
यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन्।
विष्टको प्यानलबाट कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र सञ्जयकुमार राउत, बागमती प्रदेश केन्द्रीय सदस्य उपत्यकाबाहेकमा मणिराज गौतम र मीनकुमार दाहाल छन्। गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसी र सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना तथा उपत्यका प्रदेशमा अर्जुन पन्त र सूर्य सुवेदी उम्मेदवार छन्।
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ, आदिवासी, जनजाति केन्द्रीय सदस्यमा सरु राना, मधेशी केन्द्रीय सदस्यमा मीनाकुमारी यादव, खस आर्य केन्द्रीय सदस्यमा दिया चन्द र दलित सदस्यमा लक्ष्मण दर्नाल उम्मेदवार छन्।
त्यसैगरी, आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ, मधेशीमा चन्द्रदेव कामती (पुरुष), ललिताकुमारी साह (महिला), अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसङ्ख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजकमा ध्रुव रावल तथा लेखा समिति सदस्यहरुमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन्।
नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका नेता विष्ट यसअघि पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष थिए। एमालेनिकट प्रेस चौतारी नेपाल र प्रेस युनियनबीच प्रेस चौतारीबाट निर्मला शर्मालाई साझा उम्मेदवार बनाउने सहमति भएको छ।
युनियन-चौतारी सहमतिपछि युनियनका नेता विष्टले विद्रोह गरेर बाघी उम्मेदवारी दिएका थिए। त्यसपछि घोषणा भएको उक्त प्यानल माओवादी निकट प्रेस सेन्टर, समाजवादी प्रेस संठगनलगायतका संगठनसँगको तालमेलमा बनेको टिम हो।
मंसिर २३, २०८१ आइतबार ०७:५६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।