हारेको हार्यै विराटनगर, चौथो खेलमा कर्णालीले ७ रनले हरायो

हारेको हार्यै विराटनगर, चौथो खेलमा कर्णालीले ७ रनले हरायो

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।

विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे। लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए। 

बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए। विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एक/एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो। कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे। देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए।

९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए। कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २/२ र अकिव इल्यासले एक विकेट लिएका थिए। 

योसँगै कर्णालीले ४ खेलमा २ खेलमा जित निकालेको छ। ४ खेल खेलेको विराटनगर एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ।

आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्व सुदूरपश्चिम रोयल्सले ४५ रनको जित निकालेको थियो। 

मंसिर २२, २०८१ शनिबार १६:३६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।