सरोकारवालाको बेवास्ताले एकपटक हैन, पटक-पटक रूख चढेर क्रिकेट हेर्न बाध्य दर्शक (तस्बिरहरू)
काठमाडौं : काठमाडौं टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग एनपिएलमा अहिले कर्णाली याक्सले बिराटनगर किङ्ग्सबीच खेल भइरहेको छ।
खेल हेर्न क्रिकेट स्टेडियममा दर्शक भरिभराउ छन्। शनिबार सार्वजनिक बिदा भएकाले पनि अन्य दिनभन्दा आज दर्शकको संख्या धेरै छ। दर्शकहरू आआफ्नो पक्षका टिमको समर्थनमा चर्को हुटिङसहित समर्थन गरिरहेका छन्।
त्यो भन्दा रमाइलो कुरा, खेल हेर्नको लागि दर्शकले स्टेडियममात्र नभएर रूखसमेत बाँकी राखेका छैनन्। दर्शकहरुले वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।
हजारौं दर्शक स्टेडियममा ओइरिए। दर्शकले चिसो भुइँमा थच्किन पनि पाएनन्। वरिपरि रूखमा चढ्न बाध्य भए। रूखमा चढेर क्रिकेट हेरिएको पहिलोपटक भने होइन। हरेक खेलमा दर्शक यसरी नै खेल हेर्न बाध्य भइरहँदा पनि सरोकारवाला निकायको चासो भने यसतर्फ देखिँदैन।
आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्व सुदूरपश्चिम रोयल्सले ४५ रनको जित निकालेको थियो।
मंसिर २२, २०८१ शनिबार १६:२०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।