प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरेर अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका छन्।
उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अपराह्न डिस्चार्ज भएको जानकारी दिए।
मंसिर २२, २०८१ शनिबार १५:५२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।