एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीले तीनै खेल हार्यो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ।
एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सलाई एक सय ४२ रनमा समेट्दै सुदूरपश्चिमले तेस्रो खेलमा ४५ रनको जित निकालेको हो।
लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाउँदा सन्दीप जोरा २० र दिनेश अधिकारी १४ रनमा आउट भए। अन्य कुनै खेलाडीले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका ब्रान्डन म्याक्मुलन र सैफ अली जैबले तीन-तीन, स्कट कुग्गिलिनले दुई विकेट लिँदा अबिनाश बोहराले एक विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि सैफ अली जैबले सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले। ६१ बलको सामना गरेका उनले छ चौका र पाँच चौका प्रहार गरे।
ब्रान्डन म्याकमुलन २३, विनोद भण्डारी १७ र आरिफ शेख शून्यमा आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी र स्कट कुगलिजिन अविजित रहँदै क्रमशः ३९ र ११ रन जोडे।
लुम्बिनीका लागि रामोन सिमोन्ड्सले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक-एक विकेट लिए।
जितसँगै सुदूरपश्चिम तीन खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा हुँदा तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुच्छारमा छ।
मंसिर २२, २०८१ शनिबार १२:२९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।