अमेरिकी अदालतद्वारा टिकटकको अपील खारेज, लाग्नसक्छ प्रतिबन्ध

अमेरिकी अदालतद्वारा टिकटकको अपील खारेज, लाग्नसक्छ प्रतिबन्ध

एजेन्सी : अमेरिकाको अदालतले अपील खारेज गरेसँगै अमेरिकामा छोटो भिडियो हेर्नका लागि चर्चित एप टिकटकमाथि प्रतिबन्ध हुनसक्ने देखिएको छ।

टिकटकमा प्रतिबन्ध लगाउँदा लाखौं अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने भन्दै टिकटकले संघीय अदालतमा आफ्नो तर्क प्रस्तुत गरेको थियो।

अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अमेरिकी सरकारको निर्णयलाई असंवैधानिक घोषणा गर्ने उनको अपेक्षा थियो। तर त्यसो भएन।

अदालतले टिकटकको अपील अस्वीकार गर्दै सन् २०२५ को शुरुमा अमेरिकामा प्रतिबन्ध लगाउन वा बेच्न बाध्य पार्ने अमेरिकी कानूनलाई समर्थन गरेको छ।

यद्यपि टिकटकले भने कानूनी लडाइँ अझै नसकिएको र यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताएको छ।

टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिका यसलाई प्रतिबन्ध लगाउन वा बेच्न बाध्य पारिरहेको छ।

टिकटक र यसको मूल कम्पनी बाइटडाइन्सले अमेरिकाको यो आरोपलाई अस्वीकार गर्दै आएको छ।

मंसिर २२, २०८१ शनिबार ११:३५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।