दक्षिण कोरियाली राष्ट्रपतिले मार्शल ल लागू गरेकोमा टेलिभिजनमार्फत माफी मागे

दक्षिण कोरियाली राष्ट्रपतिले मार्शल ल लागू गरेकोमा टेलिभिजनमार्फत माफी मागे

एजेन्सी : दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले यो हप्ता मार्शल ल लागू गरेकोमा माफी मागेका छन्।

राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले भने, ‘म मार्शल ल लागू भएकोमा धेरै दु:खी छु। यसबाट स्तब्ध भएकाहरुसँग म इमानदारीपूर्वक माफी माग्न चाहन्छु।’

मार्शल लको घोषणा र हटाएपछि राष्ट्रपतिले आफ्नो पहिलो सम्बोधनमै राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको थियो तर त्यसो भएन।

राष्ट्रपतिले स्थिति स्थिर बनाउने जिम्मा सत्तारुढ दललाई दिने बताए। उनले आफ्नो भाषणमा महाभियोगको पनि उल्लेख गरेनन्।

युन सुक-योलले मंगलबार अचानक देशमा मार्सल ल घोषणा गरेर सबैलाई चकित पारे। उनले यो कदम चाल्नुको कारण ‘राष्ट्र विरोधी शक्ति’ रहेको बताए।

मार्शल ल लागू भएपछि देशमा चर्को विरोध सुरू भएको थियो। विपक्षी दलले राष्ट्रपतिको राजीनामा माग गर्दै उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएको छ।

मंसिर २२, २०८१ शनिबार ०९:२६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।