नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द
एजेन्सी : आँधीका कारण नेदरल्यान्ड्समा एक सयभन्दा बढी उडान रद्द भएका छन्।
एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द भएका हुन् भने रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई)ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गरेको छ।
आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ।
उत्तरी वाडेन टापूहरूमा आँधीको गति १०० देखि १२० किलोमिटर प्रति घन्टासम्म पुग्नसक्छ। शुक्रबार बिहानसम्म एक सयभन्दा बढी उडान रद्द भइसकेका छन्।
फ्लेभोल्याण्ड प्रान्त नजिकैको मार्करवार्ड बाँध आँधीका कारण बन्द गरिएको छ।
मंसिर २१, २०८१ शुक्रबार २२:३७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।