एमाले सचिवालय बैठक मंगलबार बस्ने
काठमाडौं : एमालेले केन्द्रीय सचिवालय बैठक मंगलबार बस्ने भएको छ
पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले यही मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ।
मंसिर २१, २०८१ शुक्रबार २२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।