सानिमा बैंकद्वारा २०‍औं वार्षिकोत्सवको अवसरमा रक्तदान

सानिमा बैंकद्वारा २०‍औं वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं : सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र-नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र-नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।

२०८१ मंसिर २१, बिहीबार बिहान ११ बजेदेखि शुरू भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरू र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन्।

मंसिर २१, २०८१ शुक्रबार २०:५३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।