शिखर धवन ४५ रनमा आउट

शिखर धवन ४५ रनमा आउट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो तेस्रो खेलमा शिखर धवन ४५ रनमा आउट भएका छन्।

एक सय ३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सका लागि धवनले ४१ बलमा चार चौका र एक छक्का मद्दतमा ४५ रन बनाए।

उनलाई लफ्टी इटनले आउट गरेका हुन्।

पहिलो खेलमा १४ रनमा आउट भएका उनी दोस्रो खेलमा अविजित रहँदै ७२ रन बनाएका थिए।

त्यसका अलावा देव खनाल २४ रनमा आउट हुँदा चाडविक वाल्टन ३० रनमा आउट हुँदा जीसान मक्सुद क्रिजमा टिकिरहेका छन्।

मंसिर २१, २०८१ शुक्रबार १२:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।