बोपाराले अर्धशतकमा चितवनले कर्णालीलाई दियो एक सय ३१ रनको लक्ष्य

बोपाराले अर्धशतकमा चितवनले कर्णालीलाई दियो एक सय ३१ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।

उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले। ४० बलको सामना गरेका उनले सात चौका र एक छक्काको मद्दतमा अविजित रहँदै ५९ रन जोडे।

त्यस अलावा कप्तान कुशल मल्ल २३ र विपिन रावल ११ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक-एक विकेट लिए।

लगातार दुई खेल जितेको चितवन तेस्रो जितको खोजीमा रहँदा कर्णाली पहिलो जितको खोजीमा छ।

मंसिर २१, २०८१ शुक्रबार १०:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।