एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी
काठमाडौं : दिगो व्यवसाय प्रवर्द्धनमा केन्द्रीत प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ।
यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्ने कम्पनीको अपेक्षा छ।
एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ।
यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पुर्याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पु¥याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ।
यसबारे बोल्दै एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले इलेक्ट्रो पावर कम्पनी लिमिटेडसँगको साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पुर्याउने बताए।
इलेक्ट्रो पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक माधव प्रसाद मैनालीले पनि उत्साह प्रकट गर्दै साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउने बताए।
एनआईबीएल इक्विटी पार्टनर्स र इलेक्ट्रो पावर कम्पनी लिमिटेडबीचको यो साझेदारी नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा बढ्दो गएको चासोलाई प्रष्ट पारेको कम्पनीको भनाइ छ।
मंसिर २१, २०८१ शुक्रबार ०९:४७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।