बंगलादेशले भारतबाट आफ्ना दुई कुटनीतिज्ञलाई फिर्ता बोलायो

बंगलादेशले भारतबाट आफ्ना दुई कुटनीतिज्ञलाई फिर्ता बोलायो

एजेन्सी : बंगलादेशको युनुस सरकारले कोलकाता र त्रिपुराबाट आफ्ना दुई कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ।

डिसेम्बर २ मा अगरतलास्थित बंगलादेशी उच्चायोगमा तोडफोड भएको थियो। कोलकातामा पनि उप उच्चायोग बाहिर विरोध प्रदर्शन भएको थियो।

यी घटनाका कारण बंगलादेशको अन्तरिम सरकारले ३ डिसेम्बरमा कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, यो जानकारी अहिले बाहिर आएको छ।

कोलकातास्थित बंगलादेशका कार्यवाहक उप उच्चायुक्त मोहम्मद अशरफुर रहमान ढाका पुगेका छन्। उनले बंगलादेश सरकारका विदेश सल्लाहकार तौहिद हुसेनसँग पनि भेट गरे।

अशरफुरले तौहीदलाई अगरतलामा भएको आक्रमण र पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। त्रिपुराका बंगलादेशी सहायक उच्चायुक्त आरिफ मोहम्मद हाल ढाका पुगेका छैनन्।

अर्कोतर्फ, अगरतला-कोलकाता घटनाको प्रतिक्रियामा बंगलादेशमा पनि प्रदर्शन भइरहेको छ। बिहीबार बंगलादेशी नेताहरूले ढाकामा भारतीय साडी जलाएर भारतीय उत्पादन बहिष्कार गर्न अपिल गरेका छन्।

दुवै कूटनीतिज्ञले भारतमा जारी विरोध प्रदर्शनको बारेमा रिपोर्ट गर्नेछन्।

मंसिर २१, २०८१ शुक्रबार ०९:३३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।