नेपालकै सबैभन्दा महंगो लक्जरी गाडी ‘बीएमडब्ल्यू एक्स७ एक्सड्राइभ ४०आई’ एक हप्ताभित्रै बिक्री

नेपालकै सबैभन्दा महंगो लक्जरी गाडी ‘बीएमडब्ल्यू एक्स७ एक्सड्राइभ ४०आई’ एक हप्ताभित्रै बिक्री

काठमाडौं : नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड रुपैयाँ पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी ‘बीएमडब्ल्यू एक्स७ एक्सड्राइभ ४०आई’ ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ।

कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो।

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महंगो लक्जरी गाडी हो।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई उजागर गरेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ‘बीएमडब्ल्यू एक्स७ एक्सड्राइभ ४०आई’को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ।

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको कम्पनीको विश्वास छ।

मंसिर २१, २०८१ शुक्रबार ०८:११:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।