भुटानी राजा चार घण्टाका लागि नेपाल आउँदै, राजनीतिक भेटघाट नगर्ने
काठमाडौं : भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्।
भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट’ गर्न लागेका हुन्। बिहान पौने १० बजेतिर उनी नेपाल आइपुग्ने बताइएको छ।
तीन-चार घण्टा नेपालमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्।
त्यसपछि उनी बौद्धनाथ जानेछन्। उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको छ।
भुटानी राजा नेपाल आउने भएपछि बुधबारदेखि नै विमानस्थलको सुरक्षा कडा बनाइएको छ ।
मंसिर २१, २०८१ शुक्रबार ०८:०२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।